कृष्णा कुशवाहा
पर्सा,बैशाख ७ गते । पर्साको पकाहामैनपुर गाऊपालिका वडा नम्बर १ धोरेमा नेकपा एमालेको पार्टी प्रबेश तथा वडा स्तरीय भेला सम्पन्न भएको छ ।
नेकपा एमाले वडा कमिटी अध्यक्ष रम्भा देवीको अध्यक्षतामा धोरेमा वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रम सम्पन भएको हो ।कार्यक्रममा केन्द्रिय सदस्य एवम संबिधान सभा सदस्य राजकुमार गुप्ता प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ठ अतिथिमा प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद रहनु भएको थियो । बैठकमा बोल्ने अधिकांश नेताहरुले सकेसम्म सर्वसम्मतिबाट नेतृत्व र पदाधिकारी चयन हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेश , एकीकृत समाजबादी र माओवादी केन्द्रका तिन दर्जन बढी नेता तथा कार्यकता एमालेमा प्रवेस गरेका थिए । ३० गते हुने स्थानिय तहको निर्वाचनमा समाजबादी पार्टीका वडा अध्यक्ष पदका उम्मेदवार बलिराम दास , माओवादीका नेता बिजय चौरसिया,रंजित चौरसिया लगायत तिन दर्जन नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेस गरेका थिए । नवप्रवेशी हरूलाई पार्टीका नेता गुप्ताले टिका लगाई स्वागत गरेका थिए ।
नेपाली कांग्रेसमा ब्यक्तिबादी हाबी हुँदै गएको र त्यसले लोकतन्त्र नै खतरा पर्ने सम्भावना देखिएकोले बिद्रोह गरेर छुट्टै हामीले नेकपा एमालेमा प्रबेश गरेको नव प्रवेशिहरुले बताएका थिए । उनले जुन पार्टीमा ब्यक्तिबादि हावी हुन्छ त्यो पार्टी लोकतान्त्रिक पार्टी हुन नसक्ने बताउँदै त्यस्तो कार्यको बिद्रोह गरेर बनेको नेकपा एमालेको भबिष्य उज्वल रहेको वताएका थिए ।
कार्यक्रममा नेता गुप्ताले आगामी स्थानीय तहको चुनावमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गरेर पहिलो पार्टी वनाउन लागिपर्ने बताए । उनले ‘जनताको बहुदलीय जनबाद जÞिन्दाबाद ’ भन्ने नाराका साथ वस्ती–वस्ती र टोल–टोलमा पुगेर नेकपा एमाले पार्टी जिताउने कार्यक्रम संचालन गर्नुपर्ने समेत वताए ।वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए ।
माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई छ । उनले यस वडा जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन ः नेतृत्वमा आउँने उद्घोष गरे । साथै बैशाख ३० मा हुने निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो । गुप्ताले एमाले बिजय भएमात्र पालिकाको बिकाश हुने दावी गर्नुभयो । कार्यक्रमा एमाले प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, जिल्ला कमिटी सदस्य बिकाश पाण्डे , धीरज चौरसिया , राष्ट्रीय युवा संघ नेपाल पर्साका अध्यक्ष मोहमोद निजाम , पालिका अध्यक्ष पदका उम्मेदवार राजेश सहनी , पालिका कमिटी अध्यक्ष अकलेश साह , उपाअध्यक्ष कृष्णा कुशवाहा लगायतको सहभागिता थियो ।
एमालेको धेरैमा वडा स्तरीय भेला तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न

(Visited 14 times, 1 visits today)