शुभ नारायण यादव
सप्तरी,बैशाख १४ गते । सप्तरीमा कुटपिटबाट एक जना युवकको मृत्यु भएपछि दोषीलाई कारबाही माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गको कल्याणपुर–कडरबोना खण्डमा आज बिहानेदेखि सडक अवरुद्ध पारेका छन् ।
बिहेमा डीजे बजाउनेबारे उत्पन्न विवादका क्रममा गत सोमबार राति एक समूहको कुटपिटवाट सप्तरीको खडक नगरपालिका वडा न.–४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि स्थानीयबासिहरु आन्दोलित भएका हुन् । जिल्लाको खड्क नगरपालिका वडा न.– ४ पन्सेरा टोलका रामसिस पासमानको छोरा सन्तलाल पासमान(सन्तु) लाई केहि स्थानीय ब्यक्तीहरुद्वारा कुटपिट गर्दा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता सोहि घटनामा मृतकका बुवा आमालाइ समेत घाइते हुने गरि कुटपिट गरेको पिडितहरुले बताएका छन ।
यता सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले कुटपिटमा संलग्न भएको आरोपमा १ जनालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको तथा अन्य आरोपीहरुको खोजी भइरहेको जानकारी दिए ।
यसेबिच सडक अवरुद्ध भएपछि राजमार्गमा सयौं सवारी साधन तथा हजारौं यात्रुहरु राजमार्गमा रोकिएका छन् । उक्त क्षेत्रमा व्यापक संख्यामा प्रहरी परिचालन समेत गरिएको सप्तरी प्रहरीले जनाएको छ । स्मरण रहोस् उक्त ठाउँमा केही बर्ष अघि शिब शङ्कर दासको पनि यसरी निर्मम तरिकाबाट कुटपिट गरि हत्या गरेको थियोे ।
सप्तरीमा बिहेमा कुटपिटपछि युवकको मृत्यु भएको भन्दै राजमार्ग

(Visited 12 times, 1 visits today)