मनकामनापोष्ट

Written by 8:59 am ताजा अपडेट, राजनीति, राष्ट्रिय, समाज

सिरहामा विद्युतीय सट हुँदा कपडा पसलमा ३५ लाखको क्षति


सिरहा,बैशाख १४ गते । नगरपालिका वार्ड नं ३ बन्दिपुरको बाबा ताल जाने बाटको दक्षिण तर्फ रहेको एक कपडा पसलमा विद्युतीय सट हुँदा ३५ लाख भन्दा बढीको क्षतिपूर्ति भएको छ।
चाँदनी कपडा पसलको संचालक मैसुधिन मनसुर (मियाँ)ले राती १२ देखि २ बजेको समयमा आगलागि भएको स्थानीय साथीहरुले जानकारी दिदाँ म त्यो स्थलमा
पुगेको छु वहाँले बताए ।म पुग्दा त्यहा बन्दिपुरको प्रहरीले पनि गतिविधि बुझेर वहाँ गए । उक्त कपडा पसलमा साडी,बालबालिकाहरु लुगाफाटो ,बिबाहको लागि विभिन्न प्रकारका डिजाइनका महगो साडीहरु,पैन्ट सर्ट ,सैनसैथिक साडी रहेको,थानको प्रिन्ट कपडा ,जिन्स पैन्ट ,बैयग,र रेडिमेट आइटमको सम्पुर्ण समानहरु पुर्न रुपमा
जलेर नष्ट भएको कपडा पसल संचालकले बताए ।
विद्युतीय सट भएको स्थलमा पुर्व उपमेयर ज्ञान कुमारी श्रेष्ठले म अहिले त उपमेयर होइन कि नगरपालिकाबाट केही सहयोग गराउन सक्थे तर संस्थाहरुलाई जानकारी गराएको छु वहाँहरु आउदै हुनुहुन्छ वहाँले बताए ।
ब्यापारीहरु,बुद्धिजीवी लगायत स्थानीयहरुको भनाइ संचालकले भने जस्तै नै रहेको पसल संचालकले २० वर्ष देखि ६ हजार भाडा तिरेर व्यापारी गर्दै आएको हो ,सधै विद्युतीय राम्रोसँग हेरी बन्द गरी जाने गर्छु भने।वहाँले बन्दिपुरको ईलका प्रहरीमा पनि निवेदन पनि दिई सकेको,वहाँले क्षति बराबर मुल्य सहयोग गरि दिन हुन सबैमा अपिल गर्नुभएको छ।

(Visited 158 times, 1 visits today)

HTML tutorial