मनकामनापोष्ट

Written by 11:07 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

तीन महिनाभित्र मन्त्री र कर्मचारीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न मुख्यमन्त्री आदित्यनाथको निर्देशन



एजेन्सी
काठमाडौं,वैशाख १४ गते ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्ना सबै मन्त्री र सरकारी कर्मचारीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री आदित्यनाथले सबै मन्त्री र सरकारी कर्मचारीलाई आफू र आफ्ना परिवारको नाममा रहेको चल अचल सम्पती तीन महिना भित्र सार्वजनिक गरिसक्न निर्देशन दिएका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार योगी आदित्यनाथले सरकारी काममा मन्त्री र कर्मचारीलाई परिवारका सदस्यको कुनै पनि हस्तक्षेप हुन नहुनेसमेत सचेत गराएका छन्।

लोकभवनमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा योगी आदित्यनाथ यस्तो निर्णय गरेका हुन्। स्वच्छ लोकतन्त्रका लागि जन–प्रतिनिधिको आचरण अत्यन्तै आवश्यक रहेको भन्दै उनले यसै भावना अनुसार सबै मन्त्रीलाई सपथ लिन तीन महिना भित्रमा आफ्नो र परिवारका सदस्यहरूको चल अचल सम्पती सार्वजनिक गर्न आदेश दिएका हुन्।

‘स्वस्थ लोकतन्त्रका लागि जन–प्रतिनिधिको आचरण अत्यन्त जरूरी हुन्छ। यसै भावना अनुसार सबै मन्त्रीले शपथ लिन तीन महिना भित्र आफ्नो र आफ्ना परिवारका सदस्यको नाममा रहेको चल–अचल सम्पती सार्वजनिक गर्नुपर्छ’, उनले भने, ‘सबै आईएएस र पीसीएस अधिकारीले पनि आफू र आफ्ना परिवारको सम्पती सार्वजनिक गर्नुपर्छ। यो जानकारी आम जनताको लागि अनलाइन पोर्टलमा उपलब्ध हुनेछ।’योगी आदित्यनाथ र उनको मन्त्रिमण्डलका सदस्यले मार्च २५ मा पद तथा गोपनीयताको शपथ लिएका थिए।

(Visited 18 times, 1 visits today)

HTML tutorial