मनकामनापोष्ट

Written by 3:31 pm प्रदेश नं.१, राष्ट्रिय

नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता भेटघाट,अन्र्तक्रिया,सम्मान तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्यताका साथ सम्पन्न


सर्लाही,बैशाख १४ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाको आयोजनामा अभिकर्ता भेटघाट,अन्र्तक्रिया,सम्मान तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त भब्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ब्यबसायिक सफलताको मार्गदर्शक एवं नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महाप्रबन्धक दिगविजय सिंघलले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको हो ।
उक्त कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महाप्रबन्धक दिगविजय सिंघलको प्रमुख आतिथ्यतामा भएको भेलामा एक सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको सहभागी भएका थिए ।
बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने बरिष्ठ सहायक महाप्रबन्धक सिंघलले बताए । उक्त कार्यक्रममा व्यवसायमा उच्च योगदान पुर्याउने अभिकर्ता तथा एजेन्सी मेनेजरहरुलाई सम्मान गरिएको थियो ।

(Visited 53 times, 1 visits today)

HTML tutorial