मनकामनापोष्ट

Written by 5:15 am राजनीति, राष्ट्रिय, लुम्बिनी प्रदेश

संघले पवित्र महिना रमजानमा गरिब परिवारमा राहत सामग्री वितरण



कपिलवस्तु,बैशाख १५ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका गरिब असहाय मजदूर लगायत बिपन्न २०० परिवार लाई राष्ट्रीय मदरसा संघको कार्यालय कृष्णनगरको भवनमा सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।

गरिब, असहाय विपन्न लगायत प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमका मेहनत गरि पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु,गरिब परिवारको घरमा कोई भोकै नरहोस भन्ने भावनाका साथ हामी ले २५ किलो चामल,३ रहरको दाल,५ किलो पिठो,३ लि.तेल,नून,३ किलो चिनी,सेवंती, ३ किलो चना लगायत खाद्यान्न समाग्री वितरण गरेको राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाकक अब्दुल गनी अलकुफीले बताए।

पवित्र रमजान महिनामा गरिब ,असहाय लाई राष्ट्रीय मदरसा संघ नेपालले हरेक सम्भव सहयोग दिने तयार रहेको मदरसा संघका राष्ट्रीय महासचिव मौलाना मशहुद खां नेपालीले प्रतिबद्धता समेत जनाए। उक्त राहत सामग्री वितरण कार्यक्रममा राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की,सल्लाहकार जहिर अहमद बरेलवी,मोहम्मद मुस्लिम,असरफ खान लगायतको उपस्थित रहेको थिथो ।

(Visited 11 times, 1 visits today)

HTML tutorial