मनकामनापोष्ट

Written by 3:59 am ताजा अपडेट, राजनीति, राष्ट्रिय

मिर्चैयालाई धुलोधुवाँमुक्त बनाउने ःमेयरका उम्मेदवार सिताराम यादव


सिरहा,वैशाख २१ गते । मिर्चैयालाई धुलोधुवाँमुक्त बनाउने योजना रहेको नेपाली कांग्रेस मिर्चैया नगरपालिकाका मेयर पदका उम्मेदवार सिताराम यादबले बताएका छन् । मिर्चैया नगरपालिकामा विद्यमान अवस्थामा रहेको समस्यालाई समाधान गर्न मैले मेयर पदमा उम्मेदवारी दिएको यादबले बताए । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी लगायताका क्षेत्रमा समस्याहरु रहेकोले मिर्चैयाको समग्र बिकासको लागि उम्मेदबारी दिएको उनले बताए । उनले भने, ‘शिक्षा क्षेत्रलाई सुधार गर्न, स्वास्थ्य क्षेत्रलाई थप सुदृढ बनाउने रोजगारको लागि उद्योग कलकारखाना संचालन र महिला हिँसा न्युनिकरणका लागि सचेतानामुलक कार्यक्रम संचालन गर्ने लगायतका प्रतिवद्धता लिएर घरदैलो कार्यक्रम गरिरहेको छु ।

(Visited 57 times, 1 visits today)

HTML tutorial