मनकामनापोष्ट

Written by 4:02 am ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

मिर्चैयाका म नै युवाहुँ, जनताले फेरी अनुमोदन गर्ने विश्वास छ ः मेयर पदका उम्मेदवार यादव


सिरहा। मिर्चैया नगरपालिकामा नेकपामाओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार श्रवण कुमार यादव आफूलाई युवा उम्मेदवारको रुपमा परिचित गराउन चाहन्छन् । निवर्तमान मेयर समेत रहेका यादव आफूले संघियताको कार्यान्वयनको अवस्था, कोभिड महामारी र स्थानिय दलहरुको अवरोधका वावजुत मिर्चैया नगरपालिकाको विकासमा महत्वपूर्ण काम गरेको उनको दावी छ ।

उनले विभिन्न खालका अवरोधका बावजुत आफूले नगरको विकासमा योगदान पुर्याएको र अवको दिनमा मिर्चैयाको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने खाका आफ्नो दिमागमा आईसकेको बताए ।
उनले आज हरेक ठाउँमा युवाको खोजी भईरहेको बताउँदै आफू मिर्चैया नगरपालिकामा उम्मेद्वारी दिएकाहरु मध्येय सवैभन्दा युवा रहेको जनाए । त्यसैले मलाई यहाँको युवा, किसान, व्यसायी, सवैले पुनःजिताउने विश्वास गरेको छु, भन्दै यादवले भने, ‘म नगरलाई नमुना बनाएर देशैभरी परिचित गराउन सक्छु ।

(Visited 211 times, 1 visits today)

HTML tutorial