मनकामनापोष्ट

Written by 7:16 am ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

जसपा केन्द्रिय सदस्य अधिकारीमाथि सिरहामा अक्रमण


सिरहा,वैशाख २१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि सिरहामा मंगलबार साँझा आक्रमण भएको छ।

पश्चिबाबाट पूर्व आईरहेको उनीमाथि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजीक अज्ञात समूले आक्रमण भएको हो। आक्रमणबाट उनी सामान्य घाइते भएका छन्। उपचारपछि उनी गोलबजारतर्फ लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले जानकारी दिए।

उनी सिरहा नगरपालकाका निर्वतमान मेयर अशेश्वर यादव चढ्दै आएका बा. २ झ ३६५१ सेतो नम्वरको सरकारी गाडी चढेर काठमाडौंबाट आएको बताइएको छ। स्थानीय तहको निर्वाचन प्रकृया सुरुहुने लागेलगतै कर्मचारीको जिम्मा लगाएको गाडी पार्टीको नेताले प्रयोग गरेको पाइएको हो।

अधिकारीले पहुच र शक्तिको दुपयोग गरी सरकारी गाडी प्रयोग गरी पार्टीका निर्वाचन सामाग्री लिएर हिडेको प्रति प्रश्न उठ्न थालेको छ। अहिले स्कारपियो इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ। अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुन्धान भईरहेको बताइएको छ।

एक स्रोतले भने अधिकारीले उम्मेदवारहरुको टिकर विक्रिगरेकाले पार्टीकै कार्यकर्ताले योजनाबद्ध ढङ्गले बोलाएर कुटपीट गरेको जनाएको छ। स्रोतका अनुसार अधिकारीले पार्टीको टिकट वेचेकाले आक्रोसित बनेका कार्यकर्ताले कुरागर्ने बाहानामा गाडी रोकायर कुटपीट गरेको हो।

(Visited 215 times, 1 visits today)

HTML tutorial