मनकामनापोष्ट

Written by 7:17 am ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

पाच बर्ष भित्र छिन्नमस्ता गापालाइ हिलो मुक्त बनाउने जसपा अध्यक्ष यादवको प्रतिबद्धता



शुभ नारायण यादव
सप्तरी,बैशाख २१ गते ।
पाच बर्ष भित्र छिन्नमस्ता गाउपालिकालाइ हिलो मुक्त बनाउने प्रतिबद्धता जसपा नेपालका अध्यक्ष पदका उम्मेदवार सत्य नारायण यादवले जनाएका छन । जनता समाजवादी पार्टी नेपालको आज आयोजित गाउपालिका स्तरिय घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार यादवले यस्तो प्रतिबद्धता जनाएका हुन । यस्तै सखडा अस्पताललाई स्तरोन्ति गरि १५ शेययाको अस्पताल बनाउने , जिर्ण रहेको बर्थिङ सेन्टरको भवनलाइ पुर्ननिर्माण गरि २४ घण्टे सेवा प्रदान गर्ने , पाच वर्ष भित्र गाउपालिकाको आफ्नो भवन सहित सबै वडाको वडा कार्यालय बनाउने उल्लेख गरिएको छ । यसेगरि विघालयमा शेक्षिक गुणस्तर अभिवृद्धिका लागि विर्घाथिको अनुपातमा विषयगत शिक्षकको व्यवस्थाप गर्ने , गाउपालिका भित्र कृषि ,सडक ,सिचाइका लागि विघुतिकरण ,कृषि सेड लगायत निर्माण गरि आधुनिक प्रविधि मार्फत कृषिमा क्रान्ति ल्याइ रोजगारि व्यवस्था गराउने , सिचाइको लागि कुलो ,पेनि लगायत घोरदह नदि र भलुवाहि नदिलाइ ढोका सिस्टममा व्यवस्थित गर्ने , कृषि अनुदानको व्यवस्था गरि कृषि सामग्रीहरुको बजार र भण्डारणको लागि शित भण्डार समेत निर्माण गर्ने लगायतको उल्लेख गरिएको छ । त्यस्तै योजना छनोट प्रक्रियामा बहुसङ्ख्यक जनताको भेला गराइ पारदर्शी ,उतरदायि र दिगो खालको बनाउने , स्थानीय स्तरमा हुने स साना झे झगडा न्यायिक समिति मार्फत तत्कालै समाधान गराइ सुशासन कायम गर्ने , भुमिहिन ,गरिब , दलित ,अति विपन्न ,असहाय ,अपांग ,एकल महिला लगायतका लागि रोजगारि र गाउपालिका स्तरिय आवास निर्माण सहित थप सामाजिक सुरक्षाका कार्यक्रमहरु सन्चालन गर्ने , एक वडा एक खेल मेदान लगायतका कार्यक्रम ल्याइ प्रत्येक वर्ष गाउपालिका स्तरिय विभिन्न खेलका प्रतिस्पर्धा गराउने घोषणा पत्रमा उल्लेख गरिएको छ । यसेगरि स्थानीय स्तरमा उपलब्ध श्रोत साधन अधिकतम प्रयोग गरि अनुदान मार्फत स साना उघोगहरु सन्चालनमा ल्याइ बेरोजगारी समस्या केही हदसम्म भएपनि हल गर्ने , ५ वर्ष भित्र शुद्ध खानेपानि ,फोहरमेला व्यवस्थापन लगायतका ढल निकासको व्यवस्था गर्ने , छिन्नमस्ता भगवती मन्दिरलाइ पुन भव्य मन्दिर निर्माण गरि पर्यटन भित्राउने ठुलो केन्द्र बनाउने , समता मुलक विभेद र भयमुक्त समाजको निर्माण गर्ने , प्रत्येक ६ महिनामा आफना कार्ययोजना र प्रगति विवरण सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्ने तथा केन्द्र र प्रदेश सरकारबाट थप बजेट उपलब्ध गराइ छिन्नमस्ता गाउपालिकाको विकास गतिलाई दोब्वर बृद्ि गर्ने प्रतिबद्धता घोषणाा पत्रमा उल्लेख गरिएको छ । उक्त घोषणा पत्र सार्वजनिक कार्यक्रममा गाउपालिकाकि उपाध्यक्ष पदकि उम्मेदवार आशा देवि साह , जसपा नेपालका केन्द्रीय सदस्य अशोक कुमार यादव , जसपा नेपालका छिन्नमस्ता गाउपालिका वडा न.१ का वडाअध्यक्ष पदका उम्मेदवार रामधन राय , २ का वडाअध्यक्ष चुनचुन साह , ३ का वडाअध्यक्ष पदका उम्मेदवार बिजय कुमार यादव , ४ का प्रमोद यादव ,५ का दिनेश शर्मा ,६ का बिरेन्द साह लगायतकाहरुको सहभागीता रहेको थियो ।

(Visited 38 times, 1 visits today)

HTML tutorial