मनकामनापोष्ट

Written by 9:16 am ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

त्रिभुवन विमानस्थलका कर्मचारीलाई जब बम राखिएको भन्दै विदेशबाट फोन आयो…


काठमाडौं,बैशाख २१ गते । बुधबार बिहान ९ः४५ बजेतिर त्रिभुवन विमानस्थल कार्यालयको टेलिफोन एक्सचेन्स (ल्यान्डलाइन)मा विदेशी नम्बरबाट एक अज्ञात व्यक्तिले फोन गरे। ती व्यक्तिले विमानस्थलको डोमेस्टिकको टर्मिनलमा ५–६ वटा बम राखिएको र एक घन्टापछि पड्किने बताए। आफूहरूले बम राखेको र होसियारी अपनाउन भन्दै ती व्यक्तिले तीनपटकसम्म फोन गरे। कर्मचारीले अरू विवरण सोध्न खोज्दा ती व्यक्तिले फोन राखिहाले। त्यसपछि विमानस्थलका कर्मचारी आत्तिए। टर्मिनलतर्फ होहल्ला र त्रास बढ्यो।

कर्मचारीले विमानस्थल प्रहरी प्रमुख भीम ढकाल र नागरिक उडड्यन प्राधिकरणलाई फोन गरेर त्यसबारे जानकारी गराए। त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र प्राधिकरणको टोली त्यस क्षेत्रमा पुग्यो। यात्रु र कर्मचारीलाई बाहिर निकालियो। नेपाली सेनाको बम डिस्पोजल र कुकुरसहितको विशेष टोली त्यहाँ खटियो। सेना र प्रहरीले करिब डेढ घन्टा उडान रोकेर डोमेस्टिक विमानस्थलतर्फ खानतलासी ग¥यो। करिब डेढ घण्टासम्म विमानस्थलमा चक्कर मा¥यो । तर, त्यस्तो शंकास्पद वस्तु केही भेटिएन। त्यसपछि कसैले धम्क्याएर वा त्रास दिन खोजेको भन्दै प्रहरीले उडान सुचारु गर्न विमानस्थललाई आग्रह गरेको थियो।
सोही कारणले करिब ११ बजेसम्म विमानस्थलबाट हुने उडान प्रभावित बनेको थियो। प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार कोही व्यक्तिले त्रास र हल्ला फिँजाउन फोनबाट धम्क्याएको बुझिएको छ। त्यसरी फोन गरेर त्रास दिने व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ती व्यक्तिले विदेशी नम्बरबाट फोन गरेका थिए। त्यसबारे अनुसन्धान भइरहेको एसएसपी ढकालले बताए। ‘हामीलाई विमानस्थलका कर्मचारीले आत्तिँदै फोन गरे,’ उनले भने, ‘त्यसपछि हामीले विमानस्थल नै बन्द गरेर खानतलासी गर्दा केही भेट्टाएनौँ, त्यो हल्ला मात्रै रहेछ।’ उनका अनुसार सर्च अपरेसन नसकिन्जेलसम्म आन्तरिक टर्मिनलतर्फका यात्रुलाई बाहिर निकालिएको थियो।

(Visited 38 times, 1 visits today)

HTML tutorial