मनकामनापोष्ट

Written by 9:22 am ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

लहानमा गठवन्धनका चौधरी र एमालेका साहविच भिडन्त


सिरहा,वैशाख २२ गते । स्थानीय तह २०७९ को निर्वाचन नजिकिएसँगै विभिन्न आँकलनहरु सुरु भएको छ । जिल्लाको सवैभन्दा पुरानो र देशकै सवैभन्दा ठूलो नगरपालिका लहानमा यो पटक दुईपक्षिय भिड्न्तको अँकलनवाजी गरिएको छ ।
लहान नगरपालिकामा यस निर्वाचनको लागि नेकपा एमालेका तर्फबाट निवर्तमान मेयर समेत रहेका मुनि साहले उम्मेदवारी दिएका छन् । उनको टक्करमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रको तर्फबाट साझा उम्मेद्वार नेपाली काँग्रेस सिरहा निर्वाचन क्षेत्र नं. १ का क्षेत्रयि सभापति महेश चौधरीले नगर प्रमुखमा उम्मेदवारी दिएका छन्।
नेकपा (एकीकृत समाजवादी)ले छुट्टै उम्मेदवारी दिएपनि साह र चौधरी नै चुनावी दौडको अग्रपङ्तिमा रहेका छन्।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको यो पालिकामा निकटतम प्रतिद्वन्द्धि नेपाली काँग्रेस नै रहेका थिए । यो पटकको निर्वाचनमा सत्ता गठवन्धनमा रहेका जसपा र नेकपा माओवादी केन्द्रको समेत समर्थन र नेकपा एमाले विभाजन पछि लहानका चलेका नेताहरु नेकपा एसतर्फ रहेकाले पनि साहको उम्म्दवारी कमजोर हुन गएको स्थानीयहरुको विश्लेषण रहेको छ ।
अर्कोतर्फ सत्ता विरोधी नेपाली मानसिकताले पनि निवर्तमान मेयर साहको उम्मेदवारी कमजोर भएको अनुमान रहेको छ । यसअघि दुईपटक मेयर भईसकेकोले नहानबासीले नयाँ अनुहार चाहन्छन् ।
चौधरी बाहुल्य लहानमा जातिय समिकरणले पनि यो पटक चौधरीलाई साथ दिने अनुमान गरिएको छ । २०७४ को स्थानिय निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चौधरी समूदायबाट उम्मेद्वारी परेका थिए । यो पटक जातिय हिसावले पनि महेश चौधरीमात्र उम्म्देवार रहेका छन् । यसले जातिय मतले पनि चौधरीलाई यो पटक बल पुग्ने अनुमान गरिएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट मुनि साह ११ हजार ३ सय ७ मत लाएर विजय भएका थिए । नेपाली काँग्रेसका अचमितलाल चौधरीले ९ हजार १ सय ३८ मत, तत्कालिन संघिय समाजवादी फोरमका बैजनाथ प्रसाद साह तेलीले ५ हजार ७ सय ३७, राष्टिय प्रजातन्त्र पार्टीका लगनलाल चौधरीले ४ हनार ४ सय ६५ मत र नेकपा माओवादी केन्द्रका खड्क नारायण चौधरीले २ हजार ४ सय ९६ मत प्राप्त गरेका थिए ।
लगनलाल चौधरी २०७४ कै आम निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सासंद निर्वाचित भएका छन् । उनको मतलाई नेकपा एमालेले आफ्नो तर्फ गणना गर्दा चौधरी जितको सुनिश्चित देखिन्छ ।

तर, उनकै पार्टीबाट विभाजन भएका नेकपा एसका उम्मेद्वार विनोद साह पनि लहान बजार क्षेत्रका मतलाई प्रभावित पार्न सक्ने उम्मेदवारको रुपमा हेर्ने गरिएको छ । ब्यवसाय, समाजसेवा र राजनीतिमा सक्रिय साहपनि लहानकालागि अवल उम्म्दवार भएकोले मुनि साहको मत प्रभावित पार्ने क्ष्क्षमता राख्ने लहान घर भएका त्रिविका इतिहास विषयका प्रध्यापक तथा राजनीतिक विश्लेषक विजय मिश्र बताउँछन् ।
कोभिड, जाडोमा उनले गरिव विपन्नलाई गरेको सहयोग जस्ता सामाजिक छविले पनि चौधरीलाई सघाउने बताउँछन्। यहाँको मतको हरेक कोणबाट विश्लेषण गर्दा चौधरी नै जितको नजिक देखिने मिश्र बताउँछन्। लहान नपामा २९ हजार २ सय २२ पुरुष र २६ हजार ९ सय ७६ महिला गरी ५६ हजार १ सय ९६ मतदाता रहेका छन् ।

(Visited 28 times, 1 visits today)

HTML tutorial