मनकामनापोष्ट

Written by 10:23 am ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

चुनावमा समाजसेवी रघुवीर उठेपछि सम्पूर्ण बागेवा बासी उत्साहित



नितेश पटेल
सर्लाही,बैशाख २१ गते ।
सर्लाही जिल्लाको हरिपूर्बा नगरपालिकामा निकै लोकप्रिय समाजसेवी इमान्दार र बौद्धिक व्यक्तित्वका रूपमा परिचित युवा नेता रघुवीर चौधरी वडा नं ९ का वडा अध्यक्ष पदका लागि उमेदवार बनेका छन् ।

वैशाख ३० गते हुने भनिएका स्थानीय तह निर्वाचनका लगी हरिपूर्बा ना. पा. वडा नं ९ मा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उमेदवार बनेका रघुवीर स्थानीय स्तरमा निकै परिचित युवा हुन । समाजसेवामा अनबर्त रूपमा लगिएका रघुवीर चौधरी कोभिड – १९ को जोखिम समयमा हरपल हरिपूर्बाको जनताका सुःख , दुःख मा साथ रहेका थिए ।

सानै देखी गरिबी निवारण संस्थाका सञ्चालकको रुपमा स्थानिय जनताहरूलाई कुनै न कुनै हिसाबले सहयोग गर्दै आएका रघुवीर सहयोगी मात्र नभई भिजनकारी र हरेक क्षेत्रमा सफल व्यक्तिको रूपमा समेत परिचित रहेको छ । कुनै जीमेवार पदमा नहुँदा पनि जनताका दुःख लाई आफ्नो दुःख ठान्ने चौधरी कोभिड – १९ संक्रमण समयमा व्यक्तिगत रुपमा मानव सहायताकार स्थानीयको मन जित्नमा सफल भएका हुन् ।

जनताको दुःख मा व्यक्तिगत सहयोग गरेका रघुवीर चौधरीले हरिपूर्बा वडा ९ को प्रमुख बनेर शिक्षा सुधार लगायत बगेवा बजारलाई विस्तार, आकर्षक, व्यवस्थित बनाउने योजना रहेको छ। उनले भने अनुसार जितमा हामीलाई कुनै समस्या छैन । कसरी धेरै भन्दा धेरै मतले जित्ने अनि जितिसकेपछि हरिपूर्बा बसिको विश्वासलाई कसरी जित्ने भने बताउनु भयो ।

(Visited 180 times, 1 visits today)

HTML tutorial