सर्लाही,वैशाख २२ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको छ । वार्षिकोत्सबको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा बिरगंजमा २६ जना जनकपुरमा ५१ जनाले रक्तदान गरेको नेपाल लाइफ इन्स्योरेन्स जनकपुरको शाखा प्रमुख संजय कुमार कामतले बताए ।२०५८ साल बैसाख २१ गते जीवन बीमा व्यवसाय सुरु गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २२ वर्षको युवा अवस्थामा फक्रिरहेको छ । फराकिलो आकाशमा उडान गरिरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिमा आफूलाई अझै अब्बल र सशक्त बनाउँदै लगेको छ । पछिल्लो तथ्याङ्क अनुसार कुल बीमा शुल्क आर्जनमा नेपाल लाइफले मात्रै एक चौथाइ अर्थात २५ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुयाउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी धेरै वटा सूचकमा अब्बल र अगाडी देखिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झाले बताए ।
हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केही न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष मधेश प्रदेशमा बिरगंज र जनकपुर आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख दशरथ झा सहित कूल ७७ जनाले रक्तदान गरे ।
२२ औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स जनकपुरको शाखा प्रमुख संजय कुमार कामत र मधेश प्रदेश प्रमुख दशरथ झाले आम सेवाग्राही,व्यावसायिक साझेदार,सहकर्मी मित्रहरु,नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई सधन्यवाद सहित हार्दिक आभार प्रकट गरे । ‘हाम्रो व्यावसायिक यात्राका लागि तपाईंहरू सबैबाट प्राप्त सहयोग र सद्भावलाई हामीले सदैव मार्गदर्शनको रुपमा लिएका छौं ।