सप्तरी,बैशाख २५ गते । सप्तरीको बलान बिहुल गाउँपालिकामा नेकपा (एकिकृत समाजवादी) पार्टीको चर्चा रहेको छ । गाउँपालिका प्रमुख (अध्यक्ष) मा अशोक कुमार यादब र उपाध्यक्षमा रिना कुमारी पासवानले प्यानल सहित उम्मेदवारी दिएका छन् । जनताको सुःख दुखमा सँधै साथ दिँदै आएको गापा प्रमुखको उम्मेदवार यादबले उम्मेदवारी दिएपछि चुनावको माहोल तात्तिएको छ । बिगत ५ वर्षमा स्थानिय सरकारले गापामा चरम अनियमितत्ता गरी जनतालाई अनावश्यक समस्यामा पारेको भन्दै स्थानिय जनताले बिकल्पको रुपमा यादवलाई लिएका छन् ।
गपाा प्रमुखका उम्मेदवार यादबले शिक्षा, स्वास्थ्य र कृषि आफ्नो पहिलो प्रथामिकता रहेको बताएको छ । पालिकाको बिकास तथा समृद्धिका लागि आफ्नो जित आवश्यक रहेको उनले बताए ।
घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले भने,“पालिकामा सदैव पालिकावासी जनताको हितका लागि काम गर्ने गरि अघि बढ्ने छु, पालिकालाई भष्ट्राचार मुक्त बनाउँदै जनतालाई शुसासनको प्रत्याभूति दिलाउने काममा आफु लागि पर्ने छु ।” अनेक चुनौती का बाबजुद चुनावि मैदानमा उत्रिएको र पार्टीले आफुमाथि गरेको विश्वास कायम राख्दै पालिकाबासिको समस्यालाई समाधान गर्ने उनले बताए । अगाडी उनले थपे, “विगत ५ वर्ष पालिका जुन गतिमा अघि बढ्नु पर्ने थियो, त्यसरी अघि बढ्न सकेन, त्यसको कारण असक्षम नेतृत्व नै हो, अब त्यो नेतृत्व परिवर्तन गर्ने समय आएको छ, पालिकावासीले मलाई साथ दिने छन् ।”
पालिकावासीको माझ लोकप्रिय रहेका यादवले सामाजिक कार्यमा सक्रिय हुदैं आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न समक्ष देखिन्छ । पालिकाको नेतृत्व आफुले पाए पालिकालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार,सडक विधुत, कृषि, क्षेत्रमा अगाडि बढाउने उनले जिकिर गरे ।