मनकामनापोष्ट

Written by 4:01 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

हरिपुर्वामा काँग्रेस द्धारा घरदैलो अभियानलाई तिब्र


नितेश पटेल

सर्लाही,बैशाख २५ गते । सर्लाहीको हरिपूर्वा नगरपालिका बाट मेयर उमेदवार विनोद साह, उपमेयर सुमिन्त्रा देवी गवारीन र वडा ९ का अध्यक्ष पद को उमेदवार रघुवीर चौधरी ले घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई तिब्र गरेका देखिन्छ ।

वैशाख ३० गते हुने भनिएका स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर कांग्रेसले चैत २९ गतेसम्म चल्ने गरी घरदैलो अभियानलाई गाँउ, टोल र घरघरमा पुगेर जनतासँग संवाद गर्ने र जनताका गुनासालाई टिपोट गर्दै आफ्नो विभिन्न प्रतिबद्धतासहित अभियानलाई तिब्रता दिएका हुन् ।

तिनीहरूले बिहान देखि हरिपूर्बाको बसन्तपुर, बरह्रवा टोल हुँदै बागेवा बजार लगाएत क्षेत्रमा मत माग्दै घरदैलो दिएका छन् । स्थानियहरु सित भेटघाट गर्दै आफु जितिसकेपछि स्थानियको समस्यालाई सकेसम्म छिटो हल गरी विकासको समृद्धि गति बढाउने कार्यमा निरन्तर रूपमा सहयोग गर्नेछु बताउनुभयो ।

(Visited 81 times, 1 visits today)

HTML tutorial