शुभ नारायण यादव
सप्तरी,बैशाख २५ गते । सप्तरीमा ट्याक्टर पल्टिँदा एक जना चालकको मृत्यु भएको छ ।हिजो राती करिब पौने ९ बजे सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नं. ७ मुसहरी टोल स्थित भित्री खेतमा जाने बाटोको धामिथान सुखापोखरीको ट्याक्टर पल्टिँदा सोही वडाको मुसहरी टोल बस्ने १९ वर्षीय शिव पौदारको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेका अनुसार पोखरी डिलमा प्र.२–०१–००१ त.२००१ ट्रेक्टर आफै अनियन्त्रित भई पोखरीमा पल्टन जादा ट्रेक्टर चालकको मृत्यु भएको हो ।ट्याक्टर चालक पौदारको ट्याक्टरको ईन्जिनले चेपी घट्नास्थलमै मृत्यु भएको हो ।यता उक्त ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा टयाक्टर पल्टिँदा चालकको मृत्युु

(Visited 20 times, 1 visits today)