मनकामनापोष्ट

Written by 4:20 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

सर्लाहीको भरत तालःएक महिलाले छोरीसहित हाम फालेर गरिन आत्महत्या


सर्लाही,बैशाख २५ गते । माछापोखरीमा एक महिलाले छोरीसहित हाम फालेर आत्महत्या गरेकी छिन । रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी भोला साहकी श्रीमती बर्ष २६ कि रेखा साहले आफ्नी छोरी ३ वर्षीया आराध्य साहसहित माछापोखरीमा हामफालेर आत्महत्या गरेकी हुन ।

आईतबार बिहान साँढे ९ बजे हामफालेकी रेखा तथा उनकी छोरी आराध्याको शव पौने ११ बजे निकालिएको थियो । उक्त पोखरीमै मोटरबोट चलाउने चालकहरुको सहयोगमा आमाछोरीको शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पोखरीको डिलबाट मृतक महिलाको मोबाईल सेट र सल समेत फेला पारेको छ । पारिवारिक झैझगडा पश्चात उनी घरबाट निस्केको भन्ने बुझिएको प्रहरीले जनाएको छ । भरत तालबाट परिचित उक्त तालमा यसअघि पनि एक युवकको डुबेर मृत्यु भएको थियो ।

(Visited 87 times, 1 visits today)

HTML tutorial