मनकामनापोष्ट

Written by 4:04 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

म शासक बनेर होइन जनताको सेवक बनेर काम गर्ने छुः कर्जन्हा न.पा.१०को वडा अध्यक्ष उम्मेदवार विमलेश कुमार साह


सिरहा,वैशाख २७ गते । जनताले मलाई चुनावमा जिताएर वडाको जिम्मेवारी दिएको खण्डमा शासक बनेर होइन जनताको सेवक बनेर काम गर्ने कुरा कर्जन्हा नगरपालिका वडा नं.१० को वडा अध्यक्ष पदका उम्मेदवार विमलेश कुमार साहले बताउनु भएको छ । जनताको गुनासो र जनताको समस्यालाई आफ्नै समस्या मानेर त्यसको समाधानको लागि आफु २४ सै घण्टा तत्पर रहने उनले प्रतिबद्धता गरेका छन्।
विमलेश कुमार साह जनता समाजवादी पार्टी नेपालको चुनाव चिन्छ छाता छापबाट कर्जन्हा नगरपालिका वडा नं.१० को वडा अध्यक्ष उम्मेदवार हुनुहुन्छ । स्थानीय चुनावमा मतदान गर्न अब ३ दिनमात्र बाँकी रहेकोले उनी अहिले आफ्ना प्यानलका सदस्य पदका उमेदवारहरुको साथ कर्जन्हा नगरपालिका वडा नं.१० को प्रत्येक घरमा भोट माग्न घरदैलो अभियानलाई तिब्र पारेका छन् । मत माग्न घरदैलोमा पुगेका साहलाई स्थानीयहरुले पनि जितको शुभकामना दिनुका साथै मतदाताहरुले आफ्नो वडा र टोलको विकास तथा सुधारको लागि आग्रह गरेका छन् ।

(Visited 87 times, 1 visits today)

HTML tutorial