मनकामनापोष्ट

Written by 4:58 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित


काठमाडौँ,बैशाख २७ गते । सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।

(Visited 25 times, 1 visits today)

HTML tutorial