मनकामनापोष्ट

Written by 3:50 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

नझुक्किनुस्, मतदाता नामावलीमा नाम नभए नागरिकता मात्र भएर मत दिन पाइँदैन


काठमाडौँ,बैशाख २८ गते । शुक्रवार हुन गइरहेको स्थानीय तह निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न आम मतदाता व्यग्र प्रतिक्षामा छन । मतदान प्रक्रिया सुरु हुन केहि समय मात्र बाँकी रहँदा कतिपय मतदातामा भने आवश्यक कागजपत्र वारे अन्यौल्ता बढेको छ । कस्तो अवस्थामा मत हाल्न पाइन्छ र कस्तो अवस्थामा पाइँदैन छ । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन मतदान निर्देशिका २०७८ अनुसार मतदाता भन्नाले स्थानीय तह निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता भएको व्यतिm सम्झनु पर्ने उल्लेख छ ।

अर्थात आम मतदाताले निर्वाचन प्रक्रियामा सहभागी बन्न मतदाता परिचयपत्र अनिवार्य शर्त हो । तर प्रमुख निर्वाचन आयुतm दिनेशकुमार थपलियाले मंगलबार आयोगको पत्रकार सम्मेलनमा दिएको अभिव्यतिmपछि धेरै मतदाता अन्यौलमा परेका छन् । प्रमुख आयुतm थपलियाको अभिव्यतिmलाई उध्रित गर्दै नागरिकता भएका सबैले भोट हाल्न पाउने शीर्षकमा समाचार मात्र आएन यहि आशयमा धेरैले सामाजिक सञ्जालमा स्ट्याटस समेत लेखे ।

प्रमुख निर्वाचन आयुतm थपलियाका अनुसार स्थानीय तह मात्र होइन सबै तहको निर्वाचनको निम्ति पहिलो शर्त भनेको मतदाता नामावली हो । मतदाता नामावलीको पूर्वशर्त भनेको नागरिकताको प्राप्ति हो भनेका छन । अर्थात मतदाता नामावली सूचिमा नाम भएका तर विभिन्न कारणले मतदाता परिचयपत्र हराएका, नष्ट भएर साथमा मतदाता परिचयपत्र नभएकाले नागरिकता देखाएर मतदान गर्न पाउने छन ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम नभएका व्यतिmले मतदान गर्न नपाउने प्रष्ट पारेका छन ।
मतदानको पुर्व सन्ध्यामा मतदाता परिचय पत्र पाउँ भने निवेदन पेश गरेका मतदाताहरुको परिचयपत्र वितरण गर्नेछ । मतदाता नामावलीमा नाम नहुने कसैले पनि नागरिकता हुँदैमा मत दिन पाउँने छैन । तर निवेदन पेश गर्न छुटेका तर मतदाता नामावलीमा नाम भएको मतदाताले भने नागरिकता देखाएर मतदान गर्न पाउने छ ।

(Visited 164 times, 1 visits today)

HTML tutorial