राजविराज,बैशाख २८ गते । सप्तरीमा आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै मतदान केन्द्र वरिपरीका क्षेत्रमा प्रहरीले आबश्यकता अनुसार बल प्रयोग गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा बुधबार एक सूचनामार्फत उक्त जानकारी गराएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा प्रकाशित सूचना मतदान अबधिभरमा मतदान स्थल तथा मतदान केन्द्र वरिपरी कुनै अप्रिय, अवाञ्छित क्रियाकलाप गरे, गराएमा आबश्यकता अनुसार बल प्रयोग गरिने उल्लेख गरिएको छ । नेपाल प्रहरी निर्वाचन सम्बन्धि सामाग्रीका साथ मतदान केन्द्रहरुमा सुरक्षा प्रदान गरिरहेको छ, सुचनामा अगाडि भनिएको छ, मतदान अबधिभरमा मतदान केन्द्र तथा स्थल वरिपरी अप्रिय, अवाञ्छित क्रियाकलाप गरे गराएमा आबश्यकता अनुसार बल प्रयोग गरिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँछौं ।
सप्तरी जिल्लाअन्तर्गत २ सय ९७ वटा मतदान स्थल र ५ सय ३६ वटा मतदान केन्द्र रहेको ठाउँमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी सूचनामा जनाएको छ ।