मनकामनापोष्ट

Written by 3:58 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

गाँउ फर्किने बढे, काठमाडौं सुनसान, आधा भन्दा बढि मतदाता मतदानबाट बन्चित


काठमाडौँ,बैशाख २८ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गाँउ फर्केनेको भिडले दशै तिहारको झल्को दिईरहेको छ । मतदान गर्न काठमाडौँ उपत्यका छाड्नेको चापले गाडी नपाउने अवस्था छ भने आन्तरिक उडान पनि भरिभराउ भएका छन । तर यसरी मतदान गर्न गाँउ फर्किनेका बाध्यता र कथाहरु भने एकै किसिमका छैनन् । जहाँ मतदानबाटै बन्चित हुने हिस्साको कथा अलग्गै छ । यी हुन सिन्धुलीको फिक्कल गाँउपालिका स्थायी ठेगाना भएकी रुक्मणी श्रेष्ठ ।

विगत ५ बर्षदेखि काठमाडाँै बस्दै आएकी उनी दुईदिन पछि हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न सिन्धुली जाने गाडी पर्खिरहेकी छन । मनभरी पिडा बोकेर गाँउ जान लागेकी उनलाई यो निर्वाचन आशाको दियो बन्छ कि भन्ने अपेक्षा छ । उनका श्रीमान विगत केहि समयदेखि दुवईमा अलपत्र छन । श्रीमानलाई फिर्ता गराउन उनले धेरै नेतालाई आग्रह गरे पनि कसैले वास्ता गरेनन् । अहिले त चुनावको समय छ भोट दिन पनि जादै छु कसो त्यति काम नगर्देलान ।

पिडाकैवीच उनी आशावादी देखिइन् । विगत २० बर्षदेखि काठमाडौँको जोरपाटीमा गलैचा कारखाना चलाउने कुमार राई पनि घर जाने तरखरमा छन । गाडी नपाएर चावहिल काउन्टरमा रुमल्लिरहेका उनको स्थायी ठेगाना खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ लेक्पा हो । वि.स २०३६ साल यता विभिन्न समय भएका प्रत्येक निर्वाचनमा मतदान गर्दै आएका उनको गाँउ नै गएर मत दिनुको कारण भने परिवर्तनको आशा हो ।

यी त भिन्न उदेश्य र कारण मतदान गर्न गाँउसम्म जानेको प्रतिनिधि घटना हो । जसले निर्वाचनको वास्तविकता अनुहार समेत देखाईरहेको छन । तर यहिबीचमा लगभग आधा मतदाता भने मताधिकारबाटै वञ्चित छन । अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० को २० प्रतिशत भन्दा बढी अर्थात् लगभग ६० लाख मतदाताहरु विदेशमा छन् । कुल खस्ने मतको हिसावअनुसार यो आधा भन्दा धेरै हो ।

त्यस्तै मतदानको काममा खटिने कर्मचारीहरु २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी गरी कुल ५ लाख ६० हजार मतदाता मताधिकारबाट वञ्चित हुने छन । सबै नागरिकलाई मताधिकार प्रयोगको व्यवस्था मिलाउन सर्वोच्च अदालत दिएको आदेशका बाबजुद पनि आधा भन्दा धेरैलाई मताधिकार प्रयोग गर्ने अवसर सरकारले दिन सकेको छैन । समग्रमा देशको भाग्य र भविष्यसंग जोडिएको निर्वाचनमा अझै पनि सबैका लागि समान बन्न सकेको छैन ।

यद्यपी आममतदातामा भने उत्साह नै छ । तर उपत्यकाबाट बाहिरएकै आधारलाई भने उत्साहको उदाहरण मान्ने सकिने अवस्था छैन । जहाँ केहि उम्मेद्धारले गाडी व्यवस्था गरेका कारण मात्रै मतदान र पारिवारिक भेटघाट दुवैको स्वार्थले बाहिरिनेहरु पनि छन ।

(Visited 19 times, 1 visits today)

HTML tutorial