मनकामनापोष्ट

Written by 4:38 pm ताजा अपडेट, बागमती प्रदेश, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

एलईडी बोर्डमार्फत पेट्रोलियम पदार्थको सूचना दिन सुरु


काठमाडौं,बैशाख २८ गते । नेपाल आयल निगमले डिजिटल बोर्ड (एलईडी)मार्फत पेट्रोलियम पदार्थको जानकारी दिन सुरू गरेको छ । निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको दैनिक मूल्यसूची लगायतको जानकारी दिन थालेको हो । निगमको केन्द्रीय कार्यालय टेकूमा राखिएको एलईडी बोर्डमार्फत उपभोक्तालाई पेट्रोलियम पदार्थबारे जानकारी दिन थालिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले एलईडी बोर्डमार्फत डिजेल र पेट्रोलको मूल्यसूची बारे जानकारी दिन सुरू गरिएको बताए ।
यससँगै बोर्डमार्फत निगमलाई १५ दिनमा पेट्रोलियम व्यापारमार्फत आएको नाफा घाटा, पेट्रोलियम पदार्थको लागत मूल्य लगायतको सूचना समेत दिइने छ । हालसम्म निगमले पेट्रोलियम पदार्थको मूल्यसूचीको जानकारी यसरी दिने गरेको थिएन ।

(Visited 16 times, 1 visits today)

HTML tutorial