बुटवल,बैशाख २८ गते । बुटवलमा बम बिस्फोट भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबार साँझ मिलनचोकको आकाशे पुल नजिकै बम बिस्फोट भएको हो ।
बम पड्किएको स्थानबाट नेकपा (माओवादी केन्द्र)को पर्चाहरुसमेत भेटिएको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ पड्किएको स्थान वरपर बमका छर्राहरु समेत फेला परेको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ ।
(Visited 15 times, 1 visits today)