मनकामनापोष्ट

Written by 8:08 am ताजा अपडेट, राजनीति, राष्ट्रिय

काँग्रेसद्वारा चितवनका पूर्व सांसदसहित पाँच जना निलम्बित


काठमाडौं,बैशाख २९ गते । नेपाली काँग्रेसका चितवनका पाँच जना नेतालाई पार्टीबाट निलम्बन गरेको छ । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै काँग्रेसले पूर्व सांसद र तरुण दलका पूर्व केन्द्रीय सदस्यसहित पाँच जनालाई निलम्बन गरेको हो ।

काँग्रेस सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गरी पूर्व सांसद भीम बहादुर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आन्नदराज राउत र क्रियाशील सदस्य डा केशव पौडेललाई कारबाही स्वरुप निलम्बन गरिएको जानकारी दिए ।

पार्टी विधान र अनुशासन बाहिर गएर कार्य गरेको भन्दै उनीहरुलाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो । भरतपुरमा पाँच दलीय गठबन्धनबाट माओवादीकी रेनु दाहाल मेयरकी उम्मेदवार छिन् । पार्टीले मेयर माओवादी केन्द्रलाई छोडेको भन्दै चितवन काँग्रेसको असन्तुष्ट पक्षबाट जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

(Visited 18 times, 1 visits today)

HTML tutorial