कटारी,बैशाख ३० गते । उदयपुरको कटारी नगरपालिका– १० मा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । जनता कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानको समय सकिएपछि विवाद हुदा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको हो ।
प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन् । मतदान सकिएपछि बुथमा विवाद हुदा प्रहरीले हवाई फायर गरेको प्रदेश–१ प्रहरी प्रवक्ता नविन राईले बताए ।प्रहरी उपरीक्षक राईले घटनाको अनुसन्धान भइरहेको बताए ।
(Visited 45 times, 1 visits today)