काठमडौं,बैशाख ३० गते । सर्वदलीय–सर्वपक्षीय बैठकमा सहमति भए काठमाडौं महानगरपालिकाको मतगणना आजै रातिबाट हुने भएको छ । काठमाडौंको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार सबै मतपत्रसहितको पेटिका आएपछि सर्वदलीय–सर्वपक्षीय बैठक बैठक हुनेछ । सर्वदलीय बैठकले सहमति गरेमा रातिबाटै मतगणना सुरू हुनसक्ने उनले बताए ।
काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । भट्टराईका अनुसार सभागृहमा धमाधम मतदान स्थलहरुबाट मतपत्रसहितको बाकस आउनेक्रम जारी छ ।
सर्वदलीय–सर्वपक्षीय बैठकमा सहमति नभए निर्वाचन अधिकृतहरुले मतगणनाको समय हेरफेर हुनसक्ने भट्टराईले बताए । सर्वदलीय–सर्वपक्षीय बैठकले निर्णय गरेमा काठमडौं जिल्लाका सबै पालिकाको आजै रातिदेखि मतगणना गर्ने तयारी छ ।