मनकामनापोष्ट

Written by 2:58 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

काठमाडौं महानगरमा आधा मात्र मत खस्यो !


काठमाडौं,बैशाख ३० गते । काठमाडौं महानगरपालिकासहित धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार मतदान नभएको निर्वाचन आयोगले जनाएको छ ।

देशभरका ७५३ पालिकामा शुक्रबार एकसाथ मतदान भएको थियो । आयोगको प्रारम्भिक अनुसार समग्रमा कम्तीमा ६४ प्रतिशत मत खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार कम मत खसेकाले यस्तो भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

‘धेरै मतदाता भएका ठाउँमा विकसित कम मतदान हुनेवित्तिकै थोरै मतदाता भएको धेरै मतदान भएपनि वेटेजमा कम अंक पाउने हुँदा घट्न जान्छ’ उनले भने, ‘काठमाडौं महानगरपालिकाको यस्तो शान्तिपूर्ण अवस्था, मतदान केन्द्रमा प्रष्ट पहुँच र सबै सुविधा हुँदाहुँदै प्रारम्भिक अनुमान अनुसार करिव ५२ प्रतिशत हाराहारीमा मतदान भएको तथ्यांक छ ।’ यो सन्तोषजनक नभएको उनले बताए ।

(Visited 36 times, 1 visits today)

HTML tutorial