मनकामनापोष्ट

Written by 3:49 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

मिर्चैयामा ढल निकासको काम अलपत्रः स्थानियलाई सास्ती


राम नारायण ठाकुर

सिरहा,वैशाख ३० गते। सिरहाको मिर्चैयामा ठेकेदारको लापरवाहीले स्थानियलाई सास्ती खेप्नु परेको छ । पुर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका वडा नं. ६ स्थित ढल निकासको लागि खाल्डो खनेर अलपत्र छाड्दा स्थानियलाई आवतजावतमा समस्या भएको छ । ढल निकासको नाममा पटक–पटक खाल्डो खनेर छाड्दा स्थानियहरुको घर भत्किने अवस्था सिर्जना भएको छ । निर्धारित सिमा क्षेत्रभन्दा बाहिर गएर खन्दा घर भासिएर भत्किने अवस्थामा पुगेको स्थानियको आरोप रहेको छ ।

ढल निकासको काम छिट्टो सक्न ठेकेदार कम्पनिलाई पटक–पटक जानकारी गराउँदा पनि कुनै किसिमको चासो नदिएको स्थानियले बताए । स्थानियहरुले भने, ‘हामीले ठेकेदारलाई पटक–पटक जानकारी गरायौं तर कुनै सुनुवाई भएन, वर्षाको समय पनि सुरु भईसकेकोले आफुहरुको घर भासिएर खस्ने अवस्थामा पुगेको छ ।’ काम अधुरो अवस्थामा छाडेर अलपत्र छाड्दा स्थानियलाई आवतजावत लगायत घरसम्म पुग्न समस्या भईरहेको छ ।

एडिबी र मिर्चैया नगरपालिकाको साझेदारीमा ढल निकासको लागि बिकोई योगी जेभी कम्पनिले एक वर्षमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेपनि दुई वर्ष बित्न लाग्दापनि अहिलेसम्म काम अधुरै रहेको छ ।
खाल्डो खनेर छाडिएको स्थानमा एकदुई दिन भित्रै काम सुरु हुने ठेकेदार कम्पनिका प्रोजेक्ट म्यानेजरले बताए । उनले भने, ‘हामीले फलोअप गरिसकेका छौं, एकदुई दिन भित्रै काम सुरु हुन्छ, म पनि भोली नत्र पर्सी आउँदै छु ।’

(Visited 117 times, 1 visits today)

HTML tutorial