शुभ नारायण यादव
सप्तरी,जेठ ४ गते । नेकपा माओवादी केन्द्रले सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ३ को पुनः मतगणना गर्न माग गरेको छ ।
मतगणनाको क्रममा निर्वाचन अधिकृतले बलजफ्ती तरिकाबाट आफ्नो पार्टीका वडाअध्यक्षको उम्मेदवार भुवनेश्वर यादवलाई एक मतले पराजित गरी काँग्रेसका उम्मेदवारलाई विजयी घोषणा गरेको भन्दै माओवादीले पुनः मतगणनाको माग गरेको हो ।
‘‘मतगणनाको क्रममा हाम्रो वडाअध्यक्षमा उम्मेदवार तीन मतले अगाडी थियो”,माओवादी केन्द्रका केन्द्रीय सदस्य उमेश कुमार यादवले भन्नुभयो,‘‘ तर परिणाम घोषणा गर्दा एक मतले पराजित कसरी हुन सक्छ ? निर्वाचन अधिकृतले बलजफ्ती हाम्रो पार्टीलाई पराजित गरी काँग्रेस उम्मेदवारलाई विजयी घोषणा गरेको छ ।” जुन हाम्रो पार्टीलाई स्वीकार्य छैन्, उहाँको भनाई छ ।
आफुहरुले पटक पटक पुनः मतगणनाको माग गर्दै आएपनि निर्वाचन अधिकृतले पुनः मतगणना गर्न तयार नहुनु रहस्यमय रहेको भन्दै उहाँले आखिर पुनः मतगणना गर्न किन डराइ रहेको छ ? भनि प्रश्न समेत गर्नुभएको छ ।
सप्तरीमा माओवादीद्वारा पुनः मतगणना गर्न माग

(Visited 11 times, 1 visits today)