मनकामनापोष्ट

Written by 2:02 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

सप्तरीमा अबैध हतियार सहित एक युवक पक्राउ शुभ नारायण यादव


सप्तरी,जेष्ठ ५ गते । सप्तरीमा अबैध हतियार सहित एक युवक पक्राउ परेको छ । सशस्त्र प्रहरी बल नेपाल ६ न. गण हेड क्वाटरबाट खटिएको टोलिले विशेष सुराकिको आधारमा अबेध हतियार सहित एक युवकलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१ का २६ बर्षिय रन्जित कुमार मण्डल रहेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणले जनाएको छ । सशस्त्र प्रहरीको टोलिले गोप्य सुचनाको आधारमा जिल्लाको हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१ भारदह स्थित कोशि ब्यारेज देखि ६०० मिटर उतर तर्फ रहेको गोल घरबाट उनलाई पक्राउ गरेको बताउनुभयो । उनको साथबाट मेड इन युएसए ७.६५ ःः राउन्ड ९ मिमि ब्राउनिङ नाम नखुलेको अटोमेटिक पेस्तोल छ राउन्ड गोलि लोड गरेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। यता पक्राउ परेका युवक तथा अबेध हतियारलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 11 times, 1 visits today)

HTML tutorial