मनकामनापोष्ट

Written by 2:16 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

सिरहामा चित्रलेखा यादवका भाइ गाउँपालिकामा पराजित


सिरहा,जेष्ठ ५ गते । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ चित्रलेखा यादवका भाइ सिरहाको नवराजपुर गाउँपालिका अध्यक्षमा पराजित भएका छन्। यहाँ गाउँपालिका अध्यक्षमा शिवउदगार यादव ९शिवा० र उपाध्यक्षमा पुनमकुमारी यादव जनता समाजवादी पार्टी (जसपा)बाट विजयी भएको छ।

अध्यक्षमा जसपाका शिवउदगार यादव ’शिवा’ २ हजार बढी मतान्तरले विजयी भएका हुन्। उनले ४ हजार ५५४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले नवराजपुरले जनाएको छ। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वमोहन यादवले २ हजार ५२५ मत मात्र ल्याएका छन्। विश्वमोहन ०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा जितेको थियो। पराजित भएका उनी कांग्रेस नेतृ चित्रलेखा यादवका भाइ तथा कांग्रेस प्रतिनिधिसभा क्षेत्र २ को सभापति हुन्।

यस्तै, उपाध्यक्षमा जसपाकै पुनमकुमारी यादव ४ हजार ३१८ मत ल्याएर विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै शोभाकुमारी यादव २ हजार ३८५ मत ल्याएकी छिन्। शोभा ०७४ मा उपाध्यक्ष निर्वाचित भएका थिए। जसपा नवराजपुर गाउँपालिका १, २, ३, ५ र नेपाली कांग्रेस ४ नम्बर वडामा वडाध्यक्षमा निर्वाचित भएको छ।

(Visited 124 times, 1 visits today)

HTML tutorial