मनकामनापोष्ट

Written by 2:26 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

सिरहाको धनगढीमाई नगरपालिका मतगणनास्थलमा झडप


सिरहा,जेष्ठ ५ गते । सिरहाको धनगढीमाई नगरपालिकाको मतगणना स्थलमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । धनगढीमाई नगरपालिका ८ को मतगणना गर्दा मतदान अधिकृतको हस्ताक्षर नरहेको १७ वटा मतपत्र भेटिएपछि कांग्रेसका कार्यकर्ता मतगणना स्थलमा ढुंगामुढा गरे । सो क्रममा कांग्रेसकै कार्यकर्ताले एमाले कार्यकर्ताहरु बसेको टेन्टमा समेत ढुंगा हानेपछि दुबै पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

कांग्रेस कार्यकर्ताहरु ढुंगामुढा गर्दा दुईवटा गाडीको सिसा समेत फुटेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनअश्रुग्यास प्रहार गरेका छन् । प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएपछि अहिले सर्वदलीय बैठक बस्दैछ । विना हस्ताक्षरको मतपत्र फेला परेपछि धाँधली भएको भन्दै काँग्रेस कार्यकर्ताहरूले विरोध गरिरहेका छन् ।

(Visited 76 times, 1 visits today)

HTML tutorial