मनकामनापोष्ट

Written by 2:38 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय, समाज

सरकारद्वारा स्थानीय चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई धन्यवाद


काठमाडौँ,जेष्ठ ५ गते । सरकारले स्थानीय तह सदस्य निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको छ ।

वैशाख ३० गते देशभर एकै चोटि भएको स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलले जानकारी दिए । बैठकमा गृहमन्त्री खाँणले निर्वाचनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे भने मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली दिए ।

(Visited 47 times, 1 visits today)

HTML tutorial