नितेश पटेल
सर्लाही,जेठ १० गते । सर्लाहीमा २३७ के.जी. ६०० ग्राम लागुऔषध गाँजा सहित ६ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
लालबन्दी नगरपालिका– १३ स्थित पत्थरकोटमा बसोबास गर्ने ३८ वर्षिय कान्छा मन थिङको घरबाट २३७ के.जी. ६०० ग्राम अवैध लागुऔषध गाँजा तथा लागुऔषध गाँजा ओसारपसारमा प्रयोग भएको दुईओटा मोटर्साइकिल सहित अन्य ६ जनालाई आज मङ्गलबार करिब ४ः०० बजे प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका– १३ पत्थरकोटमा बस्ने ३८ वर्षीय कान्छा मन थिङ, २१ बर्षको सुनिल दोङ, १९ बर्षको विशाल थिङ,२१ बर्षको मिलन थिङ,१९ बर्षको निकेश दोङ र एउटा वाडा – १४ मा बस्ने १९ बर्षको राज वम्जन लाई प्रहरिले पक्राउ गरेको हो ।
कान्छा मन थिङले पलास्टिकको पोका भित्र गाँजालाई बेरिएर घरको भित्रमा लुकाई छिपाई राखेको अवस्थामा लालबन्दी बाट प्रहरी निरीक्षक शान्ताराम कार्की बाट खटिएको प्रहरी टोलीले विशेष सुराकको आधारमा घर तलासी गर्दा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा निम्न संग्लन ६ जनलाई अदालतबाट लागू औषधि नियन्त्रण ऐन अन्तर्गत म्याद अनुमती लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।