मनकामनापोष्ट

Written by 3:26 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

कृष्णनगर नगर प्रमुख शाहले गराए निर्वाचित जनप्रतिनिधि लाई सपथ


अजय मिश्र
कपिलवस्तु,जेष्ठ १० गते ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले निर्वाचित जनप्रतिनिधि लाई आज एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन् ।
कृष्णनगर नगरपालिका भित्रका नव निर्वाचित उप प्रमुख, वडाध्यक्ष, वडा सदस्य लगायत लाई नगर प्रमुख शाहले पद तथा गोपनीयता को सपथ दिलाएका छन् ।

कृष्णनगर नगरपालिका नगर प्रमुख पदमा दोस्रो पटक विजयी भएका नगर प्रमुख शाहलाई कपिलवस्तु जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले शुक्रवार सपथ ग्रहण गराएका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (२) अनुसार प्रमुखले उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनु पर्ने व्यवस्था रहेको अनुसार सपथ लिनु भएका शाहले नगरपालिका उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराएका छन् ।

कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लेखा प्रमुख दान बहादुर खनाल, शिक्षा शाखा का बलराम पन्थी, योजना शाखा प्रमुख साकिर अहमद शाह, राजेश मिश्र, थुमा देवी उपाध्याय, प्रदिप चौधरी, सुदिप मौर्य, नागेश्वर मिश्र कर्मचारी हरू लगायत अन्यको उपस्थित रहेको थियो िकार्यक्रम संचालन इश्वरी प्रसाद पौडेलले गर्नुभयो ।

(Visited 13 times, 1 visits today)

HTML tutorial