मनकामनापोष्ट

Written by 3:27 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

दलित भएकै कारण न्याय पाइएन, छोरिको अवस्था पता लगाउन अधिकारकर्मी गुहार्दै पिडित


कपिलवस्तु,जेठ १० गते । दलित परिवारको सुनवाई प्रहरीले गर्दै न्यायका लागि भौतारिरहेका पिडित परिवारले आरोप लगाएका छन ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा ९ बहादुरगंजको एउटा दलित परिवारकी युवती बिगत ढेड महिनादेखि बेपत्ता छिन प्रहरीले उजुरि लिन नमानेपछि हुलाकबाट उजुरि पठाइयो तर पनि कुनै कार्यवाही नभएपछि ती युवतीका आमाबुवा अहिले महिला अधिकारकर्मीहरुलाई गुहार्न लागेका छन ।

घटना बैशाख १ गते राति लगभग १२ बजेतिरको हो बहादुरगंजमा आफ्नै घरमा सुतिरहेको अवस्थामा दलित समुदायका संवारे हरिजनकी छोरी २३ बर्षीय इन्द्रावती हरिजन (काल्पनिक नाम) हराएकी छिन । आमाबुवाले घटना लगत्तै इलाका प्रहरी कार्यालय बहादुरगंज र गणेसपुरमा निवेदन दिएका थिए । बहादुरगंज प्रहरीले सामान्य छलफल गरि घटनालाई साम्य बनाउने कोसिस गर्याे त्यसपछि गणेसपुर प्रहरी कार्यालय मा निवेदन दिंदा लिन मानेन्न त्यसपछि बहादुरगंज हुलाक कार्यालयबाट राजिष्ट्री गरिएको युवतीका बुवाले बताए । आफू पहुँच नभएको र दलित समुदायको भएकाले नै कसैले वास्ता नगरेको गुनासो युवतीको आमाको भनाइ छ ।

न्यायका लागि पटक पटक प्रहरी कार्यालय पुग्दा ध्यान नदिएपछि पिडित आमाबुवालाई छोरीको अवस्थाबारे जानकारी पाउने अधिकार रहेको र प्रशासनले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने महिला अधिकारकर्मी मिना परियारले बताउनुभयो । पिडितले न्याय पाउनुपर्छ र त्यसमा प्रहरी , जनप्रतिनिधिहरुले सक्रियताका साथ लाग्नुपर्ने अधिकारकर्मी परियारको भनाई छ ।

(Visited 10 times, 1 visits today)

HTML tutorial