शुभ नारायण यादव
सप्तरी,जेष्ठ १० गते । यहि बैशाख ३० गते सम्म स्थानीय तह निर्वाचन अन्तरगत सप्तरीको छिन्नमस्ता गाउपालिकाको सपत तथा पदभार ग्रहण कार्यक्रम यहि जेष्ठ १२ गते बिहिबार भव्यता पुर्वक मनाउने भएको छ । छिन्न्मस्ता गाउपालिकाका नव निर्वाचित पदाधिकारिहरुलाइ एक कार्यक्रमका बिच गाउपालिकाका नव निर्वाचित अध्यक्ष बिघानन्द चोधरिले प्रमाण पत्र वितरण गर्दे अगामि जेष्ठ १२ गते बिहिबार भव्यता पुर्वक सपत तथा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । अगामि जेष्ठ १२ गते बिहान १० बजेदेखि गाउपालिका भवनको प्राङ्गणमा आयोजना हुने उक्त पदभार ग्रहण कार्यक्रम नया नोलो तरिकाबाट गर्ने गाउपालिकाका अध्यक्ष चोधरिले जानकारी दिए । उक्त पदभार कार्यक्रममा गाउपालिकाका नव निर्वाचित पदाधिकारिका साथै सम्पूर्ण प्रतिद्वन्दी , निवर्तमान ,वर्तमान कार्य समितिका साथे जिल्ला भरिका सम्पूर्ण सरोकारबाला निकाय , सम्पूर्ण राजनितिक दलका प्रतिनिधि , विभिन्न सङ्घ सस्थाका प्रतिनिधि , बेङ्क तथा बितिय सङ्घ सस्थाका प्रतिनिधि , पत्रकार , अधिकारकर्मिका साथै गाउपालिकासग सरोकार राख्ने व्यक्ति तथा गाउपालिकाभरिमा रहेका बुद्धिजीवी समेतलाई सम्मान गर्ने जनाएको छ । त्यस्तै गाउपालिकासग सरोकार राख्ने सम्पूर्ण निकायका साथै मदरसा , निजि तथा सामुदायिक विघालयका प्रअ तथा प्रतिनिधि समेतलाई सम्मान गर्ने जनाएको छ । उक्त कार्यक्रमको तयारि भव्य रुपमा भइरहेको गाउपालिकाका नव निर्वाचित अध्यक्ष बिघानन्द चोधरिले जानकारी दिनुभयो ।
सप्तरीको छिन्नमस्ता गाउपालिकाको सपत तथा पदभार ग्रहण जेष्ठ १२ गते हुने

(Visited 9 times, 1 visits today)