मनकामनापोष्ट

Written by 3:44 pm ताजा अपडेट, मधेस प्रदेश, राजनीति, राष्ट्रिय

मुल्यबृद्धिको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडी खाली सिडिण्डर राखेर प्रदर्शन


विराटनगर,जेठ १० गते । खाना पकाउने एलपी ग्यासको मुल्यबृद्धिको विरोधमा प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडी उपभोक्ताले प्रदर्शन गरेका छन् । उपभोक्ताको ढाड सेक्नेगरी मुख्यबृद्धि गरेको भन्दै मुख्यमन्त्री कार्यालय अगाडी खाली सिडिण्डरसहित उपभोक्ताले प्रदर्शन गरेका हुन् ।

उपभोक्ता अधिकारका लागि आवाज उठाउँदै आएको संस्था पब्लिक फोरमको अगुवाईमा प्रदर्शन गरिएको हो ।

संघीय सरकारले जस्तोसुकै निणर्य गर्दा पनि प्रदेश सरकारले मुकदर्शक भएकाले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गर्नुपरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

संघीय सरकारले गरेको निर्णयका कारण आम उपभोक्ता मारमा पर्ने भएकाले प्रदेश सरकारले आवाज उठाउनुपर्ने उनले बताए । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता गर, हामी पीडामा तिमि मोज मस्तीमा, मंहंगी र भ्रष्टाचार संघीय व्यवस्थाको उपज हो ?, प्रदेश सरकार सुतेको हो जस्ता नारासहितका प्लेकार्ड र खाली सिडिण्डर राखेर उनीहरुले प्रदर्शन गरेका थिए ।

(Visited 30 times, 1 visits today)

HTML tutorial