मनकामनापोष्ट

Written by 2:38 pm ताजा अपडेट, राजनीति, लुम्बिनी प्रदेश

वडाध्यक्ष तुंगनाथ चौधरी द्वारा दोस्रो कार्यकालका लागि पदभार ग्रहण


अजय मिश्र
कृष्णनगर, जेष्ठ ११ गते ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित वडा नं १ वडाध्यक्ष तुंगनाथ चौधरीले मंगलवार वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । उहाँ लाई वडाका कर्मचारीले स्वागत गरेका थिए ।

नगर उप प्रमुख लगायत वडाध्यक्ष तथा सदस्य लाई मंगलवार एक कार्यक्रमका बिच नगर प्रमुख शाहले सपथ ग्रहण गराए पछि वडाध्यक्ष तुंगनाथ चौधरीले पदभार ग्रहण गरेका छन् । तुंगनाथ चौधरी राष्ट्रीय प्रजातंत्र पार्टी बाट वडाध्यक्ष पदमा उमेदवारी दिई स्थानीय तह कृष्णनगरको वडा नं १ वडाध्यक्षमा विजयी भएका हुन् । वडाध्यक्ष चौधरी दोस्रो पटक वडाध्यक्ष मा पैनल सहित विजयी भएका हुन ।

पदभार ग्रहण गर्दा वडाध्यक्ष चौधरी लाई राष्ट्रीय प्रजातंत्र पार्टी की केन्द्रीय सदस्य पुष्पा रजौरीया, वडा सचिव किरन श्रीवास्तव लगायत अन्यले बधाई दिदै स्वागत गरेका थिए ।

(Visited 14 times, 1 visits today)

HTML tutorial