मनकामनापोष्ट

Written by 2:43 pm ताजा अपडेट, राजनीति, राष्ट्रिय

भ्रष्टाचार मुक्तसगे शिक्षा ,स्वास्थ्य तथा रोजगारिको व्यवस्था सहित नमुना गाउपालिका बनाउने दिनेशको उदघोष


शुभ नारायण यादव
सप्तरी,जेष्ठ ११ गते ।
सप्तरीको रुपनि गाउपालिकालाइ भयरहिय भ्रष्टाचार मुक्त नमुना गाउपालिका बनाउने उदघोष नव निर्वाचित गाउपालिकाका अध्यक्ष दिनेश कुमार यादवले गरेका छन । यहि बेशाख ३० गते सम्म स्थानीय तह निर्वाचन पश्चात् गाउपालिका अध्यक्षमा विजयि भएका अध्यक्ष यादवले सो उदघोष गरेका हुन । रुपनि गाउपालिकामा आयोजित नव निर्वाचित पदाधिकारिहरुलाइ सपथ तथा पदभार ग्रहण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले जिल्लाके नमुना गायपालिका बनाउने प्रतिबद्धता सहित उक्त अभियानमा सहयोग गरिदिनुहुन सम्पूर्ण गाउपालिकाका बासिन्दाहरुसग अनुरोध समेत गरेका छन । अध्यक्ष यादवले रुपनि रहेको रुपनि मन्दिर , दिनानाथ भर्दि मन्दिरका साथे शनिदेव मन्दिरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नुका साथै गाउपालिकामा जिर्ण रहेका बाटोघाटो नाला सहित पाच पर्ष भित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन । यस्तै निजि विघालय जस्तै गाउपालिका भरिका सामुदायिक विघालयहरुमा गुणस्तरीय शिक्षाका साथै बेरोजगार युवाहरुको लागि रोजगारिका साथै बन्द रहेको गजेन्द्रनारायण सिह ओघोगिक क्षेत्र सन्चालन गरि हजारौं बेरोजगारहरुलाइ रोजगारिको व्यवस्था मिलाउने बताएका छन । यसेगरि रुपनि गाउपालिकामा अहिले सम्म गर्भवति महिलाहरुको लागि सुत्केरि गराउने बर्थिङ सेन्टर नरहेकाले सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नुका साथै गाउपालिकाका गरिब ,निमुखा जनताहरुको लागि ५० प्रतिशत अनुदानमा एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन । यसका साथै किसानहरुका लागि सहज रुपमा मल खाघ , बीउ ,विजनको समेत व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन । रुपनि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द कुमार चोधरिको अध्यक्षतामा आयोजित सो सपथ तथा पदभार ग्रहण कार्यक्रममा जिल्ला निर्वाचन प्रमुख चन्द्र मणि ज्ञवालि , सप्तरीका प्रमुख जिल्ला अधिकारि जनार्दन गोतम , लोसपा नेपालका केन्द्रीय नेताहरु जय प्रकाश ठाकुर , दिपेन्द्र चोधरि , बिनोद यादव , महिला नेतृ पुनम यादव लगायतका बक्ताहरुले आ आफनो शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा रुपनि गाउपालिकाका अध्यक्ष दिनेश कुमार यादवले उपाध्यक्ष पुष्पा श्रेष्ठ लोगि लगायत विभिन्न वडाका वडाअध्यक्ष तथा सदस्यहरुलाइ पद तथा गोप्यनियताको सपथ ग्रहण गराएका थिए ।

(Visited 54 times, 1 visits today)

HTML tutorial