मनकामनापोष्ट

Written by 3:46 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

सशस्त्र प्रहरी द्वारा लाखौंको अबेध गरगहना सहित एक भारतीय पक्राउ


शुभ नारायण यादव
सप्तरी,जेष्ठ १७ गते ।
सशस्त्र प्रहरीले सप्तरीको बोदे बर्साइन नगरपालिका वडा न.९ स्थित बाट लाखौंको अबेध गर गहना सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर चेक आउट पोष्ट स्वर्णपटिको गस्ती टोलिले चेकजाच गर्ने क्रममा भारतको मधुबनि जिल्ला खुटोना ग्रामपन्चायतका २२ बर्षिय बशिष्ठ चोधरिलाइ लाखौंको अबेध गर गहना सहित पक्राउ गरेको सशस्त्र प्रहरीका प्रमुख एसपि प्रदीप खडकाले जानकारी दिनुभयो । उहाका अनुसार पक्राउ परेका चोधरिको साथबाट चादिको रेडिमेट पाउजु ४ किलो २८ जोडि अन्दाजि मूल्य ४ लाख ३८ हजार ९ सय बराबरको अबेध गहना बरामद गरेको जनाएको छ । यता बरामद गरिएको गरगहना सहित चोधरिलाइ आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठि बेल्हि बुझाएको तथा सो सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

HTML tutorial