मनकामनापोष्ट

Written by 9:30 am अर्थ/वाणिज्य, ताजा अपडेट, राजनीति, राष्ट्रिय

एनआईसी एसिया बैंक मिर्चैया शाखाद्धारा मिर्चैया नगपालिकाको मेयर र उप–मेयरलाई सम्मान तथा बधाई


सिरहा,जेठ १८ गते । एनआईसी एसिया बैंक मिर्चैया शाखाद्धारा मिर्चैया नगपालिकाको मेयर र उप–मेयरलाई सम्मान सहित दोस्रो कार्यकालको बधाई तथा शुभकामना दिएको हो ।

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा सफल भएको नव निर्वाचित मिर्चैया नगपालिकाको मेयर श्रवण कुमार यादव र उप–मेयर जिवछी देवी साहलाई एनआईसी एसिया बैंक मिर्चैया शाखाका शाखा प्रमुख अजय कुमार सिंह लगायतका टिम सहित सम्मान तथा बधाई तथा शुभकामना दिएको छन ।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले भने एनआईसी एसिया बैंकका परिवार प्रति धन्यवाद दिदै भने एनआईसी एसिया बैंक शहरी क्षेत्र तथा गा्रमिण स्थानहरुमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै एनआईसी एसिया बैंकले मिर्चैया नगरपालिकाको मुख्य चौकमा संचालन गर्दा सहुलियत भएको बताए ।

(Visited 114 times, 1 visits today)

HTML tutorial