मनकामनापोष्ट

Written by 3:05 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

उदयपुरका खत्रीको शव सशस्त्र प्रहरीले सप्तरीको चन्द्र नहरमा फेला पारे


शुभ नारायण यादव
सप्तरी,जेष्ठ १९ गते ।
उदयपुरको बेलका नगरपालिका वडा न. ४ रामपुरलाल सिस्वाका एक पुरुषको शव मृत अवस्थामा सप्तरीमा फेला परेको छ । सप्तरीको सप्तकोसी नगरपालिका वडा न.१ स्थित त्रियुगा खोलाको चन्द नहरको हेड बाध नजिक पोडि खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको अवस्थामा मृत अवस्थामा शव फेला परेको हो । शव फेला पर्नेमा उदयपुरको बेलका नगरपालिका वडा न.४ रामपुरलाल सिस्वा निवासि अन्दाजी ३२ बर्षिय प्रबिण खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल ६ न. गण हेड क्वाटर सप्तरीले जनाएको छ । उक्त शव स्थानीयबासिहरुले देखेपछि सशस्त्र प्रहरी बल नेपाल सुरुक्षा बेश फतेपुरबाट खटिएको टोलिले उक्त युवकको शव फेला पारिएको छ । यता फेला पारिएको शवलाइ पोष्टमार्टमको लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा पठाइएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

(Visited 8 times, 1 visits today)

HTML tutorial