मनकामनापोष्ट

Written by 3:18 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

सप्तरीको सप्तकोशी नदीमा हाम फालेका युवकलाई प्रहरीद्वारा उद्धार


शुभ नारायण यादव
सप्तरी,जेष्ठ १९ गते ।
सप्तरी र सुनसरी स्थित सप्तकोशी नदीमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरीले जिवितै उद्धार गरेको छ ।
झापाको कमल गाउँपालिका वडा न. ५ निवासी ४१ वर्षीय बुधुन्द्र प्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट बुधबार बेलुका सवा ७ बजे नदीमा हाम फालेका थिए ।
उनलाई तत्कालै उद्धार गर्न सफल भएको सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।
उनका अनुसार झापाको कमल गाउँपालिका(५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट नदीमा हाम फालेका थिए ।
उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीको सहयोगमा उद्धार गरेको हो । यता उद्धार गरी लिम्बुलाई सम्झाइ बुझाइ घर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

(Visited 12 times, 1 visits today)

HTML tutorial