मनकामनापोष्ट

Written by 3:25 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

तालिममा सिकेका कुरालाई व्यवहारमा उतर्नुपर्ने आवश्यक ः कर्जन्हा नगरपालिकाको मेयर पोखरेल


सिरहा,जेठ १९ गते । सिरहाको कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेल एक कार्यक्रमलाई सम्बोधन गर्दै तालिम तालिमकै लागि नभई सिकेका कुरालाई व्यहारमा लागु गरे मात्र कार्यक्रमको अर्थ हुने बताएका छन् ।
कर्जन्हा नगरपालिकामा आ.ब. २०७८।०७९ को बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत रहेको किशोरीहरुलाई प्रजन्न, स्वास्थ्य पोषण सम्बन्धी तालिमको उद्घाट्न कार्यक्रममा बोल्दै नगर प्रमुखले अहिलेको अवस्थामा किशोर किशोरीहरुमा प्रजन्न र स्वास्थ्य सम्बन्धी आवश्यक ज्ञाण आवश्यक रहेका कारण कर्जन्हा नगरपालिकाले यस प्रकारको कार्यक्रमहरुको सुरुवात गरेको छ । हामीले छिटै कर्जन्हा नगरपालिकामा देखिएका विभिन्न समस्याहरुको समाधानका लागि आवश्यक कार्य सुरु गर्ने समेत जानकारी दिए ।
समाजमा महिला समुह सबैबाट पछाडि पारिएको अवस्था रहेकाले अबको दिनमा कर्जन्हा नगरपालिकाले यो समस्यालाई समाधान गर्नका लागि छुट्टै बजेट र कार्यक्रम लाएर समस्या समाधान गर्ने कर्जन्हा नगरपालिकाको उप प्रमुख लक्ष्मी कुमारी श्रेष्ठ यादवले कार्यक्रममा बताए । महिलाको अधिकारको सवालमा पुरुष भन्दा महिला र किशोरीहरुलाई नै आवश्क कार्य गर्ने आवश्यक रहेकाले शिक्षामा जोड दिन किशोरीहरुलाई उप प्रमुख श्रेष्ठले आग्रह गरिन् ।
कर्जन्हा नगरपालिकाको विभिन्न क्षेत्रहरुमा कायम रहेको समस्या मध्ये शिक्षा क्षेत्रमा अझै पनि विभिन्न समस्याहरु कायम रहेकाले यसलाई समाधान गर्नका लागि थप कार्यको आवश्यकता रहेको श्री जन सेवा माध्यमिक (प्राविधिक) विद्यालयका प्र.अ. लक्ष्मी हाईले कार्यक्रममा बताए ।
कर्जन्हा नगरपालिकामा बहुक्षेत्रिय पोषण कार्यक्रम आ.ब.२०७७।०७८ मा समेत प्रभावकारी रुपमा संचालन भएको र यस आ.ब.मा समेत प्रभावकारी रुपमै संचालनका लागि विभिन्न कार्यक्रमहरुको सुरुवात भएको पोषण संयोजक सरोज कुमार पासमानले जानकारी दिए ।

नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ को वडा अध्यक्ष फनिन्द्र पोखरेल वडा नं. ११ को वडा अध्यक्ष किस्मत राई प्रशिक्षकको रुपमा महिला तथा बाल विकास शाखा प्रमुख कामेश्वर यादव र देवराज पोखरेल लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेका थिए भने २५ जना किशोरीहरुको सहभागिता रहेको पोषण स्वयंम सेविका बबिता साहले बताए ।

(Visited 88 times, 1 visits today)

HTML tutorial