मनकामनापोष्ट

Written by 3:30 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय

इनारभित्र शब भेटियो, हत्या गरेको श्रीमतीको आशंका


सिरहा,जेष्ठ १९ गते । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनारभित्र फेला परेको छ। श्रीमतिको औषधी लिन मंगलबार हपरान्ह घरबाट निस्केका ४८ बर्षीय साहको शब आज विहान गाउँकै इनारभित्र फेला परेको हो।

औषधी लिएर तुरुन्तै फर्कि हाल्छु भन्दै साइकलमा गएका उनी राती अबेलासम्म पनि नफर्किएपछि खोजतलाश गरीएपनि आज विहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उहाँको शब फेला परेको प्रहरीले जनाएको छ।

शब इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीेले जानकारी दिए। घटना बारे थप अनुसन्धान भईरहेको उनले जनाए ।

यता मृतकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या बताएका । उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताए । साह एक महिना अधिमात्र वैदेशिक रोजगरीबाट घर आएका थिए। गाउँमा आरसीसी ढलान गर्ने विषयमा उनीसंग स्थानीयको विवादभएको बताएको छ।

(Visited 137 times, 1 visits today)

HTML tutorial