मनकामनापोष्ट

Written by 3:47 pm ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

महिलाको सिक्री लुटेर भागेका व्यक्ति पक्राउ


काठमाडौँ,जेठ १९ गते । काठमाडौंमा सडकमा हिँडिरहेकी महिलाको घाँटीबाट सुनको सिक्री लुटेर भाग्दै गरेको एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–४ नयाँ गाउँ घर भएका अन्दाजी वर्ष ३५ का राकेश नगरकोटी रहेका छन्।

प्रहरीका अनुसार कागेश्वरी मनोहराको कोलमोतेश्वर मन्दिर नजिक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५ की अन्दाजी वर्ष ४० की महिलाले गलामा लगाएको अन्दाजी डेढ तोला बराबरको सुनको सिक्री राकेशले लुटेर भागेका थिए।

तत्कालै प्रहरी बृत्त बौद्धबाट प्रहरी टोली परिचालित भई अनुसन्धानका गर्ने क्रममा नगरकोटीलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट उक्त सुनको सिक्रीसमेत प्रहरीले बरामद गरेको छ। नगरकोटीलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइ रहेको वृत बौद्धले जनाएको छ।

(Visited 69 times, 1 visits today)

HTML tutorial