मनकामनापोष्ट

Written by 1:18 am ताजा अपडेट, मधेस प्रदेश, राष्ट्रिय, समाज

कार्यकारी अधिकृत सन्देश यादवले गरे करोडौ करोडको भ्रष्टाचार


रंजित चौरसिया
वीरगंज,जेठ १९ गते ।
पटेर्वा सुगौली गाउँपालिकाका कार्यकारी अधिकृत सन्देश यादवले करोडौ करोडको भ्रष्टाचार गरेको स्थानियवासीले आरोप लगाउन थालेका छन् ।
अधिकृत यादवले सामाजिक विकासको कार्यमा ४० प्रतिशत र भौतिक निर्माणको कार्यमा ३० प्रतिशत कमिशन लिदै उनी अतिरिक्त कमिशन ५ प्रतिशत देखि लिएर १० प्रतिशत सम्म असुल्ने गरेको चर्चा व्यापक भए पनि बैशाख १ गते देखि ३० गते सम्मको बीचमा करोडौको भ्रष्टाचार गरेको स्रोतले जनाएको छ ।
राजनीतिक दलहरु स्थानिय तहको निर्वाचनमा व्यस्त भएको मौका छोपी भ्रष्ट अधिकृत यादवले सामाजिक विकासको कार्य र जिन्सी वापत गरेको भुक्तानी कागजी मिलान मात्र रहेको बताईन्छ । “कृषि, पर्यटन हरियाली वन, समृद्ध पटेर्वा सुगौलीको खुशीयाली मन” नारा बोकेका पटेर्वा सुगौली गाउँपालिकाले अधिकृत यादव सो गाउँपालिकामा गएदेखि सो नारालाई तुहाई दिएको स्थानियवासीको आरोप रहेको छ ।
भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत यादवले कार्यलयमा नजाने, मोबाईलको स्विच अफ राख्ने र आफु खुसी चेक काटन लगाई कमिशन बटुलन बाहेक अरु केही नगरेको भुक्तभोगीहरु बताउंदछन् । उनले सखुवा प्रसौनी गाउँपालिकामा हुंदा कमिशनकै कारण कुटाई खानु परेको सर्वविदितै नै छ । एउटा अधिकृतको तलबले घरपरिवार चलाउन गा¥हो भए पनि अधिकृत यादवले वीरगंजको दर्जनौ ठाउंमा भ्रष्टाचारको रकमबाट आफ्ना आफ्न्तको नाममा घडेरी जोडन सफल भएको बताईन्छ ।
अधिकृत यादवले गरेका कुकर्मका फाईलहरु नियमनकारी निकायले छानबिन नगर्दा उनले दिनदुगुना रात चौगुना भ्रष्टाचारका तानाबाना बुन्दै दुनो सोझयाई राखेका उनी निकटका आसेपासेहरु बताउंदछन् ।

(Visited 62 times, 1 visits today)

HTML tutorial